स्थायी बन्ध्याकरण गराउनेमा पुरुष न्यून

झापा | असार २१, २०७९

स्थायी बन्ध्याकरण गराउनेमा पुरुष न्यून


झापा:      झापामा परिवार नियोजन अन्तर्गत स्थायी बन्ध्याकरण गराउने पुरुषको सङ्ख्या न्यून रहेको छ । जिल्लामा स्थायी बन्ध्याकरण गराउने महिलाको तुलनामा पुरुषको सङ्ख्या निकै कम रहेको स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत शशीकुमार भट्टराईले जानकारी दिनुभयो ।

 

चालु आर्थिक वर्षमा हालसम्म ६९३ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । जसमध्ये महिलाको सङ्ख्या ६८४ (मिनिल्याप) र पुरुषको सङ्ख्या ९ (भ्यासेक्टोमी) रहेको छ । धेरै भ्रम रहेकाले पुरुषहरुले बन्ध्याकरण गराउन चाहदैनन् । स्थायी बन्ध्याकरण गराउनेमध्ये अधिकांश ग्रामीण क्षेत्रका महिला छन् । सहरी क्षेत्रमा महिला भन्दा पनि पुरुषले ‘लुकिछिपी’ स्थायी वन्ध्याकरण गराउने गरेको उहाँको भनाइ छ । 

 

यो वर्ष जिल्लाका नौ स्थानमा मोबाइल क्याम्प गरिएको छ । यस्तै, झापामा प्रसूतिपछिको स्थायी बन्ध्याकरणसमेत हुने गरेको छ । यसपछि बच्चा जन्माउन नचाहनेलाई सोही समयमा स्थायी बध्याकरणको सेवासमेत प्रदान गरिँदै आएको अधिकृत भट्टराई बताउनुहुन्छ । 

 

झापामा आम्दा अस्पताल, लाइफ लाइन, ओम मेची इन्टनेशनल, बीएण्डसी अस्पताल, ओमसाई पाथीभरा लगायतका अस्पतालले प्रसूतिपछिको बन्ध्याकरण सेवा दिँदै आएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । ती अस्पताललाई डेलिभरीपछिको बन्ध्याकरण सेवा उपलब्ध गराएबापत स्वास्थ्य कार्यालय झापाले तथ्याङ्कको आधारमा रकम पनि दिने गरेको छ ।

 

बन्ध्याकरण सेवा लिने सेवाग्राहीलाई जनही रू २५० खाजा खर्च, सामान्य औषधि र भिटामिन दिने गरिएको छ । लाभग्राहीलाई घरबाट ल्याएर सेवा लिएपछि घरमै पुर्याउने व्यवस्था भने कार्यालयले आफैँले गर्ने गरेको छ । चालु आर्थिक वर्षमा झापामा परिवार नियोजन अन्तर्गत आएको रू ३४ लाख हजार ४० मध्ये रू सात लाख फ्रिज भएको कार्यालयले जनाएको छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्